सुदूरपश्चिममा सभामुख चयनमा अन्योल
धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित गरिएको छ । सभामुखको पुनः निर्वाचनका लागि आज बिहान ११ बजे बस्ने भनिएको प्रदेशसभा बैठक अनिश्चित समयसम्मको लागि स्थगित गरिएको हो ।
प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नहुँदासम्मको लागि बैठक स्थगित गरेको सूचना टाँसेको छ । सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार हुनुहुन्छ । यसअघी हिजो साँझ सभामुखका लागि मतदान भएपनि दुवै उम्मेदवारले बहुमत पाउन सक्नुभएन ।
५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुखमा निर्वाचित हुन २७ मत आवश्यक पर्छ । हिजोको निर्वाचनमा भण्डारीले २७ मत पाएपनि १ मत बदर भएको थियो । कांग्रेसका रावलले २३ मत पाउनुभएको... Read More
