दाङ । लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख पदको निर्वाचन एकैदिन गरिने भएको छ ।
आउँदो माघ तीन गते बस्ने प्रदेशसभा बैठकमा सभामुख र उपसभामुखको निर्वाचन गरिने कार्यसूची छ । प्रदेशसभा सचिवालयले माघ तीन गते बस्ने प्रदेशसभाको बैठकबाट सभामुख र उपसभामुख चयन गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
लुम्बिनीमा मुख्यमन्त्री, सभामुख र उपसभामुखको दलगत भागबन्डा गरिएको छ । नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्नुभएको छ ।
अब सभामुख नेकपा (माओवादी केन्द्र) र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पाउने सहमति छ । सभामुख र उपसभामुखमा कसलाई अघि सार्ने भन्नेबारेमा माओवादी तथा राप्रपामा छलफल भइरहेको छ ।