माघे सङ्क्रान्तिका लागि काठमाडौंमा तरुलको खपत बढ्यो
काठमाडौं । माघे सङ्क्रान्ति नजिकिँदै गर्दा काठमाडौंमा तरुलको खपत बढ्न थालेको छ ।
माघे सङ्क्रान्ति र माघी पर्वका लागि काठमाडौंको कालीमाटी तरकारी बजारमा एक हजार ५ सय टन भन्दा बढि तरुल भित्रिएको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ ।
अझै आउने क्रम जारी रहेको र झन्डै १० प्रतिशत तरुल मात्रै भारतबाट आएको छ । कालिमाटी तरकारी बजारमा पाँचऔंले, सिंगाने पिंडालु, दूधे पिंडालु, घर तरुल, वन तरुल, सिमल तरुल, पानी तरुल, हात्तीपाइले, पातले, आकाशे तरुल, नेपाली तरुल, रातो तरुल लगायतका तरुल किनबेच हुन्छ ।
अहिले कालीमाटी तरकारी बजारमा तरुलको औसत मूल्य प्रतिकेजी ६६.६७ रुपैयाँ रहेकोछ । जसमध्ये सर्लाहीको तरुल प्रतिकेजी... Read More
