• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

आगलागीबाट ४९ लाख रुपैयाँ बराबर क्षति

  • OVN
  • January 14, 2023
आगलागीबाट ४९ लाख रुपैयाँ बराबर क्षति

धनकुटा । धनकुटाको सिँधुवा बजारमा आगलागी हुँदा चार वटा घर जलेका छन् ।
 
एउटा घर पूर्ण रुपमा नष्ट भएको र अन्यमा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ । छथर जोरपाटी गाउँपालिकामा रहेको सिँधुवामा हिजो बेलुका करिब साढे ७ बजे आगलागी भएको थियो । 

छिमेकी जिल्ला तेह्रथुमको लालिगुराँस नगरपालिका, म्याक्लुङ नगरपालिका र धनकुटाबाट गएका वारुणयन्त्रको सहयोगमा राती नै आगो नियन्त्रणमा लिइएको छ । 

करिब दुई घण्टासम्म भएको आगलागीबाट ४९ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
 

Comments