• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

सन्दीप लामिछाने रिहा 

  • OVN
  • January 13, 2023
सन्दीप लामिछाने रिहा 

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने कारागारबाट रिहा हुनुभएको छ । 

जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी रकम दाखिला गरेपछि उहाँ आज केन्द्रीय कारागारबाट रिहा हुनुभएको हो । पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौँले दिएको आदेश उल्टाउँदै हिजो उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिएको थियो ।

लामिछानेको रिहाईका लागि उच्च अदालतले २० लाख धरौटीसहित केही शर्त हरूसमेत सुनाएको थियो । तत्कालका लागि रिहा भएपनि लामिछानेको मुद्दाको किनारा भने लागेको छैन । तर मुद्दाको अन्तिम फैसला आउने समयसम्म उहाँ कारागार बाहिर रहनुहुने भएको छ ।

Comments