• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

माघे सङ्क्रान्तिका लागि काठमाडौंमा तरुलको खपत बढ्यो 

  • OVN
  • January 14, 2023
माघे सङ्क्रान्तिका लागि काठमाडौंमा तरुलको खपत बढ्यो 

काठमाडौं । माघे सङ्क्रान्ति नजिकिँदै गर्दा काठमाडौंमा तरुलको खपत बढ्न थालेको छ ।

माघे सङ्क्रान्ति र माघी पर्वका लागि काठमाडौंको कालीमाटी तरकारी बजारमा एक हजार ५ सय टन भन्दा बढि तरुल भित्रिएको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ । 

अझै आउने क्रम जारी रहेको र झन्डै १० प्रतिशत तरुल मात्रै भारतबाट आएको छ । कालिमाटी तरकारी बजारमा पाँचऔंले, सिंगाने पिंडालु, दूधे पिंडालु, घर तरुल, वन तरुल, सिमल तरुल, पानी तरुल, हात्तीपाइले, पातले, आकाशे तरुल, नेपाली तरुल, रातो तरुल लगायतका तरुल किनबेच हुन्छ । 

अहिले कालीमाटी तरकारी बजारमा तरुलको औसत मूल्य प्रतिकेजी ६६.६७ रुपैयाँ रहेकोछ । जसमध्ये सर्लाहीको तरुल प्रतिकेजी ६० देखि ७० रुपैयाँसम्म बिक्री भइरहेको छ । तराईको हात्तीपाइले तरुल प्रतिकेजी ५० रुपैयाँमा बिक्री भइरहेको छ । 

पहाडी हात्तीपाइले तरुल प्रतिकेजी ८० देखि ९० रुपैयाँसम्ममा बिक्री भइरहेको छ भने घरतरुल ७० देखि ८० रुपैयामा बिक्री भइरहेको छ त्यस्तै वन तरुल भने प्रतिकेजी एक सय ५० देखि दुई सय रुपैँया सम्ममा बिक्री भइरहेको छ ।  
 

Comments