• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

नुवाकोटमा गोरु जुधाउने मेलाको तयारी

  • OVN
  • January 14, 2023
नुवाकोटमा गोरु जुधाउने मेलाको तयारी

नुवाकोट । माघे संक्रान्तिको अवसरमा नुवाकोटको विभिन्न स्थानहरूमा हुने गोरु जुधाईको मेलाको तयारी भइरहेको छ । 

माघ १ गते नुवाकोटको तारुका, बेत्रावती, पञ्चकन्या, लिखु, तादी लगायतका स्थानमा गोरु जुधाई प्रतियोगिता हुँदै आएको छ । यसवर्ष पनि मेला आयोजनाका लागि सम्पूर्ण तयारी सकिएको आयोजकहरूले जनाएका छन् । 

तारुकामा मात्रै यस वर्ष २८ हल गोरु जुधाइने तयारी भएको छ । धेरै गोरु दर्ता भएकाले यस वर्ष तारुकाको चन्दनीमा माघ १ र २ गते दुई दिनसम्म मेला लगाउने तयारी छ । परापूर्व कालदेखी गरिँदै आएको गोरु जुधाउने प्रतियोगिता पछिल्लो समय पर्यटन प्रवद्र्धनका लागि समेत सहयोगी बन्दै गएको छ । 

प्रतियोगिता हेर्नकै लागि बाहिरी जिल्लाबाट समेत मानिसहरू नुवाकोट जान थालेपछि यसलाई थप व्यवस्थित बनाउँदै लगिएको छ । यसवर्ष प्रतियोगितामा सहभागि हुने गोरुको औषधि उपचार तथा विमाको व्यवस्था गरिएको छ । 

Comments