• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

मधेसका मुख्यमन्त्रीद्वारा शपथ ग्रहण

  • OVN
  • January 13, 2023
मधेसका मुख्यमन्त्रीद्वारा शपथ ग्रहण

धनुषा । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 

बुधबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका यादवले आज मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथ लिनुभएको हो । उहाँसँगै अन्य तीन मन्त्रीले पनि सपथ लिएका छन् ।

जनमतका वसन्त कुशवाहा, एमालेका सरोज यादव र जसपाका संजय यादवलाई पनि आजै सपथ खुवार्ईएको हो । 

शपथ लिएपनि मन्त्रीहरूको विभाग भने अझै टुङ्गो लगेको छैन । मधेस प्रदेशमा १० मन्त्रालय छन् । प्रदेशमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन् ।
 

Comments