• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

राप्रपाका भुवन पाठक बागमतीको सभामुखमा निर्वाचित

  • OVN
  • January 13, 2023
राप्रपाका भुवन पाठक बागमतीको सभामुखमा निर्वाचित

हेटौंडा । बागमती प्रदेशसभाको सभामुखमा भुवन पाठक निर्वाचित हुनुभएको छ ।
 
आज बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठक निर्वाचित भएका हुन् । राप्रपाका महामन्त्री समेत रहनुभएका पाठकले ६२ मत पाउनुभएको छ । उहाँको विपक्षमा ४९ मत परेको छ । 

निर्वाचनमा सात जना प्रदेशसभा सदस्य तटस्थ बसेका छन् । पाठकलाई राप्रपाले बागमती प्रदेशमा समानुपातिक सांसद बनाएको हो । बागमती प्रदेशसभामा राप्रपाका १३ सांसद छन् ।
 

Comments