• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

सुदूरपश्चिममा सभामुख चयनमा अन्योल 

  • OVN
  • January 13, 2023
सुदूरपश्चिममा सभामुख चयनमा अन्योल 

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित गरिएको छ । सभामुखको पुनः निर्वाचनका लागि आज बिहान ११ बजे बस्ने भनिएको प्रदेशसभा बैठक अनिश्चित समयसम्मको लागि स्थगित गरिएको हो । 

प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नहुँदासम्मको लागि बैठक स्थगित गरेको सूचना टाँसेको छ । सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार हुनुहुन्छ । यसअघी हिजो साँझ सभामुखका लागि मतदान भएपनि दुवै उम्मेदवारले बहुमत पाउन सक्नुभएन । 

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुखमा निर्वाचित हुन २७ मत आवश्यक पर्छ । हिजोको निर्वाचनमा भण्डारीले २७ मत पाएपनि १ मत बदर भएको थियो । कांग्रेसका रावलले २३ मत पाउनुभएको थियो ।

पहिलो निर्वाचनमा कसैले बहुमत नपाए के हुने भन्ने बारे प्रदेशसभा नियमावलीमा स्पष्ट नभएका कारण बैठक स्थगित भएको हो । प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक बाध्यता रहेको छ । सुदूरपश्चिममा यो समय माघ २ गते पूरा हँदै छ ।
 

Comments