• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

  • OVN
  • January 13, 2023
गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनुभएको छ । 

अधिकारीको पक्षमा नेकपा एमालेका २२, माओवादी केन्द्रका ७ र राप्रपाका २ गरी ३१ जना सांसदले मत हालेका छन् भने नेपाली कांग्रेसका २७ सांसद विपक्षमा बसेका छन् । एकिकृत समाजवादीमा प्रवेश गरेका सांसद राजीव गुरुङ (दीपक मनाङे) भने प्रदेशभा बैठकमा अनुपस्थित रहनुभयो । 

मनाङेले हिजै खगराजलाई विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने बताउनुभएको थियो नेकपा एमालेको सङ्गठन विभाग प्रमुख समेत रहनुभएका अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । 

अधिकारीले काँग्रेसलाई पत्र नै लेखेर सङ्घमा प्रचण्डलाई जस्तै प्रदेशमा पनि आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो । तर, आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत नदिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । 
 

Comments