भूतपूर्व सैनिक सम्मेलन फागुन र चैतमा हुँदै
काठमाडौं । नेपाली सेनाले बुटवल, दाङ, पोखरा, खैरेनीटार, बर्दिबास र सिन्धुलीमा यस वर्ष ‘भूपू सैनिक सम्मेलन’ आयोजना गर्ने भएको छ ।
सेनाले त्यस क्षेत्रमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी सम्मेलन आयोजना गर्न लागेको हो ।
प्रधानसेनापति प्रभुराम शर्माले नेतृत्व सम्हालेपछि अघिल्लो वर्ष ‘भूतपूर्व सैनिक सम्मेलन’ दिपायलबाट सुरु भएको थियो । प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ गर्ने प्रचलन रहिआएको छ ।
विगतमा पनि भूपू सम्मेलन हुने गरेकामा सङ्कटकालमा केही वर्ष रोकिएको थियो । भूपू सैनिक कल्याणकारी कार्यलाई समन्वय गर्दै निरन्तरता दिने उद्देश्यले विसं २०७० असोजमा सैनिक कल्याणकारी बोर्ड स्थापना भएपछि... Read More
