• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

बजार अर्थतन्त्र

बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्रमा ७० अङ्क प्रणाली लागू

काठमाडौं । बागमती प्रदेश सरकारले आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन ७० अङ्क ल्याए ट्रायल परीक्षा उत्तीर्ण हुने व्यवस्था लागू गरेको छ । 

यो व्यवस्थाको आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भक्तपुरको मध्यपुरथिमि राधेराधेस्थित इजि वे ट्रायल सेन्टरमा उद्घाटन गर्नुभयो । कार्यक्रममा उहाँले आजदेखि लागू भएको नयाँ व्यवस्था सहज कार्यान्वयनका लागि सबैलाई सहयोग गरिदिन आग्रह गर्नुभयो । 

उहाँले लागू भएको नयाँ निर्देशिका र प्रणालीमा केही असन्तुष्टि रहेमा वा प्रणालीमा समस्या देखिएमा त्यसलाई सच्याएर जान सकिने बताउनुभयो । कर्मचारीलाई उहाँले सहज र निष्पक्षरूपमा सेवाग्राहीलाई सेवा दिन निर्देशन दिँदै कर्मचारीका कारण गुनासो सुन्नुपर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिनुभयो... Read More