• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

लुम्बिनी प्रदेशका बिना विभागीय मन्त्री कृष्णा केसीको राजीनामा

  • OVN
  • February 11, 2023
लुम्बिनी प्रदेशका बिना विभागीय मन्त्री कृष्णा केसीको राजीनामा

काठमाडौं । लुम्बिनीकी सरकारको बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिनुभएको छ ।   

माओवादी केन्द्रका नेतासमेत रहनुभएका मन्त्री केसीले आज विहान बुटवलमा मुख्यमन्त्री लिला गिरी समक्ष राजीनामा पत्र बुझाउनु भएको हो । २५ माघमा भएको राष्ट्रियसभा उपनर्विाचनमा सत्ता गठबन्धनका उम्मेदवार बनेका एमालेका कुमार दसौदीलाई मतदान नगरी काँग्रेसलाई सघाएको उजुरी परेपछी केसीमाथि माओवादीले छानबिन गरेको थियो ।

केसी निकट स्रोतका अनुसार मन्त्रालयको भागबण्डाको विषयलाई लिएर मन्त्री केसीले राजीनामा दिएकी हुन् । मन्त्री बन्नुभएका केसीले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गर्नुभएको थियो । तर केसीलाई आन्तरिक मामिला, कानुन मन्त्री बनाउने तयारी भएपछि राजीनामा बुझाएको  उहाँको भनाई छ । 

भौतिक पूर्वाधार मन्त्रालय माओवादीकै इन्द्रजित थारुलाई दिने मुख्यमन्त्रीको तयारी छ । माओवादीका नेता एवम् प्रदेश सभा सदस्य इन्द्रजित थारुले भने राजीनामाको विषय पार्टीमा जानकारी नआएको प्रतिक्रिया दिनुभएको छ । मुख्यमन्त्री गिरीले भोली मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।

Comments