• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

स्वीकृत दरबन्दीअनुसार कर्मचारी खटाउन सामान्य प्रशासन मन्त्रालयको परिपत्र

  • OVN
  • February 11, 2023
स्वीकृत दरबन्दीअनुसार कर्मचारी खटाउन सामान्य प्रशासन मन्त्रालयको परिपत्र

काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयले स्वीकृत दरबन्दीअनुसार मात्रै कर्मचारी खटाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
 
निजामति कर्मचारी प्रशासनभित्र सुधार ल्याउनका लागि यस्तो निर्देशन दिईएको मनत्रालयले जनाउको छ । 

वरिष्ठतम् कर्मचारीलाई जिम्मेवारी विहीन बनाउने तर आफ्नो अनुकूलका कर्मचारीलाई शक्तिका भरमा खटाउने परम्पराले कर्मचारी प्रशासनभित्र विकृति देखिएको ठहर गर्दै मन्त्रालयले स्वीकृत दरबन्दीअनुसार मात्रै कर्मचारी खटाउने व्यवस्था मिलाउन सबै मन्त्रालय, आयोग र सचिवालयलाई पत्राचार गरेको छ । 

सहसचिवको दरबन्दी भएको स्थानमा उपसचिवबाट काम चलाउने, उपसचिवको दरबन्दी रहेको प्रमुख प्रशासकीय अधिकृत पदमा निमित्तबाट काम चलाउने जस्ता विकृति देखिएको मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले बताउनुभयो । 

मन्त्रिस्तरीय निर्णय गर्दै सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा ऐनको व्यवस्थाअनुसार न्यूनतम सेवा अवधि पूरा नभएका कर्मचारीलाई सरुवा गर्नुपरेमा मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था गर्न समेत निर्देशन दिनुभएको छ । 

Comments