• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

राष्ट्रपतिको सवारीका क्रममा ट्रमाका डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी हवल्दार निलम्बनमा 

  • OVN
  • February 11, 2023
राष्ट्रपतिको सवारीका क्रममा ट्रमाका डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी हवल्दार निलम्बनमा 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा नियम उल्लङ्घन गरेको भन्दै ट्रमा सेन्टरका डाक्टरमाथि लाठी चार्च गर्ने प्रहरी हवल्दारमाथि कारबाही भएको छ ।
 
हिजो राष्ट्रपति भण्डारी संसद्लाई सम्बोधन गर्न नयाँ बानेश्वर आउँदै गर्दा ट्राफिक रोकिएको थियो । सो क्रममा ट्र्रमाका डाक्टरमाथि प्रहरीले लाठी चार्ज गरेको थियो ।
 
प्रहरी प्रधान कार्यालयले हवल्दार शम्भुजङ्ग गुरुङलाई निलम्बन गरिएको जनाएको छ । गुरुङले ट्रमाका डाक्टर जनिथलाल सिंहमाथि लाठी चार्ज गरेका थिए । 

प्रहरीले डाक्टरमाथि लाठी चार्ज गरेकोमा सवत्र विरोध भएपछि प्रहरी हवल्दार गुरूङ्लाई कारबाही गरिएको हो । 
 

Comments