काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी कार्यालय सहयोगी पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न १ सय ३७ जनाको लागि नयाँ भर्ना दरखास्त आह्वान गरिएको छ ।
प्रहरी कार्यालयका अनुसार भान्छेतर्फ ८२ जना, हजामतर्फ १५ जना, सिलाई बुनाईतर्फ १० जना र कुचिकारतर्फ ३० जनाका लागि दरखास्त आव्हान गरिएको हो ।
सो पदका लागि जिल्ला प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, राजविराज, दुधौली, पोखरा, बुटवल, नेपालगञ्ज र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ ।
नयाँ भर्ना हुन इच्छुक नागरिकले फागुन १ गतेदेखि ३० गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम भर्न र बुझाउन सक्ने प्रहरी प्रधान कार्यालयले सूचना जारी गरी जनाएको छ ।