• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

भ्रष्टाचार भएको थाहा पाए तुरून्तै उजुरी गर्न आख्तियारको आग्रह 

  • OVN
  • February 11, 2023
भ्रष्टाचार भएको थाहा पाए तुरून्तै उजुरी गर्न आख्तियारको आग्रह 

काठमाडौं । कहि कतै भ्रष्टाचार भएको थाहा पाए तुरून्तै उजुरी गर्न आख्तियार अनुसनधान दुरूपयोग आयोगले आग्रह गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरूपयोग गरेको थाहा भए जोसुकैले उजुरी गर्न सक्ने बताउनुभयो । 

आयोगको अनुसन्धानका कारण विकास निर्माणको काममा अवरोध नभएको बताएका छन् । आज आयोगले मिलेर फालौँ भ्रष्टचारको जालो, सुशासन प्रबर्दनमा गरौँ हातोमालो’ भन्ने नाराका साथ काठमाडौँको टंगालस्थित केन्द्रीय कार्यालयसहित देशका ८ वटा अख्तियार कार्यालयले विभन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको छ ।
  
आयोगले २०४७ को संविधानको धारा ९७ र ९८ को व्यवस्थाबाट स्वतन्त्र एवम् स्वायत्त संवैधानिक आयोगको मान्यता पाएको थियो । नेपालको अन्तरिम संविधान, २०६३ ले आयोगलाई निरन्तरता दिएको थियो र हालको नेपालको संविधानद्वारा यस आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्ने गरी काम, कर्तव्य र अधिकार प्रदान गरेको छ ।

संविधानको मर्मअनुसार आयोगले दण्डात्मक, निरोधात्मक, प्रवर्द्धनात्मक र संस्थागत क्षमता विकासका रणनीतिहरूलाई अङ्गीकार गरी कार्यसम्पादन गर्नुपर्ने छ । 
 

Comments