• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

बजार अर्थतन्त्र

उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदैछ ।

जसका लागि दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । संसद् सचिवालयका अनुसार उपसभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । हिजो दिउँसो चार बजेसम्म उम्मेदवारी दर्ताका लागि समयसीमा तोकिएको थियो ।

जुन समयसीमाभित्र दुई जनाको उम्मेदवारी परेको छ । संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका इन्दिरा रानामगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

रानामगरको प्रस्तावकमा रास्वपाकै सोविता गौतम हुनुहुन्छ भने एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन समर्थक हुनुहुन्छ ।

यस्तै, यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा... Read More