काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
आज दिउँसो सिंहदरबारमा नेकपा बहुमतका नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।
संविधानमा समाजवाद उन्मुख नेपालको व्यवस्था सामान्य अर्थमा नलेखिएको भन्दै उहाँले नेपाली विशेषताको समाजवादी बाटोका बारेमा अहिले पनि बहस छलफल चलिरहेको धारणा राख्नुभयो ।
नेपालमा रहेका सबै कम्युनिस्ट पार्टीहरूबीच अहिले यस विषयमा छलफल सुरू भएको उहाँले बताउनुभयो । भेटको क्रममा नेकपा बहुमतका नेताहरूले प्रधानमन्त्री समक्ष राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न माग प्रस्तुत गरेका थिए ।