काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।
आज शीतल निवासमा आयोजित एक कार्यक्रमबीच उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएको हो ।
शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत उच्च पदस्थ अधिकारीहरू सहभागी रहेका थिए ।
सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका घिमिरे प्रतिनिधिसभामा हिजो भएको मतविभाजनबाट सभामुख चयन हुनुभएको हो ।