• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

बजार अर्थतन्त्र

प्रतिनिधि सभा अन्तर्गतका समितिको नेतृत्व लिन दलहरूबीच प्रतिस्पर्धा 

काठमाडौं । सभामुख र उपसभामुख चयन भएसँगै अब प्रतिनिधि सभा अन्तर्गतका समितिको नेतृत्व लिन दलहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ । 

कानुन बनाउने, संसदीय अनुगमन गर्ने र संसदीय सुनुवाइमा महत्वपूर्ण भूमिका रहने ‘मिनी संसद्’का रूपमा चिनिने समितिको नेतृत्व लिन प्रमुख दलहरूबीच दौडधुप सुरू भएको हो ।

प्रतिनिधिसभाका १२ वटा समिति अहिले पदाधिकारीविहीन छ । संसद्को नयाँ कार्यकाल सुरु भएसँगै अब समितिमा नेतृत्व कसले लिने भन्ने चासो रहेको छ । 
 

Read More