• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

देशमा उपप्रधानमन्त्री धेरै भएको सांसद साहको टिप्पणी

  • OVN
  • January 21, 2023
देशमा उपप्रधानमन्त्री धेरै भएको सांसद साहको टिप्पणी

काठमाडौं । स्वतन्त्र सांसद प्रभु साहले सरकारमा यति धेरै उपप्रधानमन्त्री के का लागि चाहिएको ? भन्दै प्रश्न गर्नुभएको छ ।  

प्रतिनिधिसभाको बैठकमा उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा रानामगरलाई समर्थन गर्दै उहाँले पदहरू आवश्यकताका आधारमा सृष्टि गर्नुपर्ने धारणा राख्नुभयो । अहिले बनेका उपप्रधानमन्त्रीज्यूहरू, के यति जरुरी थियो ? के आवश्यकताको कोणबाट यति उपप्रधानमन्त्री बनाएको हो ? यो उपप्रधानमन्त्रीको झुण्डले देशमा सुशासन ल्याउँछ ? साहले भन्नुभयो ।  

अहिलेको सरकारमा विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र राजेन्द्र लिङ्देन गरी चार जना उपप्रधानमन्त्री छन् । सांसद साहले उपप्रधानमन्त्री नै चाहिने भए परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयमा उपयुक्त हुने धारणा राख्नुभयो । 
 

Comments