• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

आज सोनाम ल्होछार, देशभर सार्वजनिक बिदा

  • OVN
  • January 22, 2023
आज सोनाम ल्होछार, देशभर सार्वजनिक बिदा

काठमाडौं । आज सोनाम ल्होछार पर्व तामाङ समुदायले नयाँ वर्षको रूपमा विशेष कार्यक्रम गरी मनाउँदै छन् । 

हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । 

ल्होछारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ । सोनाम ल्होछारको अवसरमा आज काठमाडाँैंँको टुँडिखेलमा विशेष कार्यक्रम हुँदैछ । 

कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने तय भएको छ । ल्होछारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । 

यसैबीच ल्होछारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका उच्चपदस्थ नेताहरूले शुभकामना व्यक्त गर्नुभएको छ । 

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले पनि शुभकामना दिँदै जातीय तथा सांस्कृतिक विविधताले बन्धुत्व, सद्भाव र पारस्पारिकता कायम गर्न मद्दत पुगेको बताउनुभएको छ । 
 

Comments