सङ्घमा मन्त्रीहरूको सङ्ख्या घटाउन सिफारिस
काठमाडौं । संसदीय समितिले प्रदेशसँगै संघमा मन्त्रीहरूको सङ्ख्या घटाउन सिफारिस गरेको छ ।
आज राष्ट्रियसभामा पेश भएको सङ्घीयता कार्यान्वयन तथा अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदनमा संघमा मन्त्रालय संख्या १५ मा सीमित गर्न सिफारिस गरिएको छ ।
संविधानमै मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय बनाउन सकिने व्यवस्था छ भने हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सहित २२ वटा मन्त्रालय छन् । अधिकार सम्पन्न सङ्घीय प्रशासनिक पुनःसंरचना समिति २०७४ ले पनि संघमा १५ मन्त्रालय राख्न सिफारिस गरेको थियो भने सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५ ले पनि १६ वटा मा झार्न सुझाएको थियो ।
संसदीय विशेष समितिले प्रदेशमा पनि मन्त्रीको संख्या ५ जनाभन्दा... Read More
