• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

निर्मला कुर्मीलाई न्यायको माग गर्दै माइतिघरमा ३५ दिनदेखि प्रदर्शन

  • OVN
  • January 24, 2023
निर्मला कुर्मीलाई न्यायको माग गर्दै माइतिघरमा ३५ दिनदेखि प्रदर्शन

काठमाडौं । एकल महिला निर्मला कुर्मीको अपहरणपछि हत्या भएको दावी गर्दै छानबिन गर्न मागसहित काठमाडौँको माइतिघरमा ३५ दिनदेखि प्रदर्शन भइरहेको छ ।
 
निर्मलाको परिवारका सदस्यसहित अधिकारकर्मीको समूहले घटनाको छानबिन र दोषीलाई कारबाही गर्न माग गर्दै तेस्रो पटक काठमाडाँैको माइतिघर मण्डलामा प्रदर्शन गरिरहेको छ । झन्डै १६ महिनादेखि यो समूह आन्दोलनमा छ । 

गृहमन्त्री रवि लामिछानेले टेलिभिजन प्रस्तोता रहँदा निर्मला कुर्मीको मृत्युबारे न्यायोचित अनुसन्धान गर्न माग गर्नु भए पनि सिंहदरबार छिरेपछि उहाँको बोलीसँगै व्यवहार पनि फेरिएको नागरिक अगुवा, खगेन्द्र सङ्ग्रौलाले बताउनुभयो । निर्मला कुर्मीसहित उहाँको परिवारकै हत्याको आरोप खेपेका बादशाह कुर्मी, बाँकेबाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको छ । 

हत्या आरोपी नै सांसद बनेपछि प्रभावितले न्याय पाउने सम्भावना झन् कमजोर भएको अधिकारकर्मीहरू बताउँछन् । २०७६ चैत १४ गते बाँकेका निर्मला कुर्मीको भारतमा शङ्कास्पद मृत्यु भएको थियो । 
 

Comments