रामेछापको सदरमुकाम मन्थली नै बाढी र पहिरोको जोखिममा
रामेछाप । रामेछापको सदरमुकाम मन्थली बजार हुँदै पश्चिमतर्फ बग्ने रन्जोर खोलाले मन्थली नगरपालिकाका १, ३, ४ र ५ नम्बर वडालाई जोखिममा पारेको छ ।
तामाकोशी नदीमा आउने बाढीले पनि बजार क्षेत्रलाई कटान गरिरहेको छ । सदरमुकाम नै बाढी र पहिरोको जोखिममा रहँदा समेत न्यूनीकरणका लागि प्रयास नभएको मन्थलीवासीको गुनासो छ । हिउँदमा खासै डर नभएपनि प्रत्येक वर्षको वर्षायाममा रन्जर खोलाले बनाएको घ्याप्चेको पहिरोले कति खेर घर छाडेर भाग्नुपर्ने हो भन्ने चिन्ता भइरहने स्थानियवासी होतराज ढकालले बताउनुभयो ।
घ्याप्चेको पहिरो मिसिएर रन्जोर खोलामा आउने लेदो बाढीले रामेछापको सदरमुकाम मन्थली बजार नै उच्च जोखिममा पर्ने गरेको छ । २०११ सालदेखि नै घ्याप्चेको... Read More
