• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

बागमती प्रदेश सरकारले आज पूर्णता पाउँदै

  • OVN
  • January 25, 2023
बागमती प्रदेश सरकारले आज पूर्णता पाउँदै

हेटौडा । बागमती प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । 

हिजो बेलुका बसेको मन्त्रिपरिषद् बैठकले सरकारलाई पूर्णता दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आज ८ जना मन्त्री नियुक्त हुनेछन् । 

यसअघि १४ मन्त्रालय रहेको बागमतीमा ३ वटा मन्त्रालय घटाएर ११ वटा मन्त्रालय कायम गर्ने निर्णय भएको छ । बागमतीमा नेकपा एमालेले ५, माओवादीले ४ र राप्रपाले २ वटा मन्त्रालय लिने सहमति भएको छ ।
 

Comments