• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

बागमती प्रदेशले ३ वटा मन्त्रालय घटाउने 

  • OVN
  • January 24, 2023
बागमती प्रदेशले ३ वटा मन्त्रालय घटाउने 

काठमाडौं ।  बागमती प्रदेशले ३ वटा मन्त्रालय घटाउने निर्णय गरेको छ । 

हाल १४ वटा मन्त्रालयको सङ्ख्या घटाएर ११ वटा बनाउने निर्णय भएको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताउनुभयो । उहाँले अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने र आफ्नो मन्त्रिपरिषद्मा राज्यमन्त्री नराखिने बताउनुभयो । 

मन्त्रालय घटाउन प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदन बुझ्दै उहाँले यस्तो बताउनुभयो । 

मुख्यमन्त्री जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर सङ्ख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिनुभएको थियो । कार्यदलले आज अन्तिम दिन प्रतिवेदन बुझाएको हो ।
 

Comments