• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

बाजुरा केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प, एक जनाको मृत्यु

  • OVN
  • January 24, 2023
बाजुरा केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प, एक जनाको मृत्यु

बाजुरा । बाजुरा केन्द्रविन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ । 

आज दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पका कारण पहिरो जाँदा बाजुरामा एक महिलाको मृत्यु भएको छ । 

बाजुराको गौमुल गाउँपालिकामा घर भत्किँदा जमुना रोकायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोका कारण अर्का एक जना घाइते भएका छन् भने रामदल बोहोराका ४० भन्दा बढी भेडा मरेका स्थानीयले जानकारी दिएका छन् । 

भूकम्पको धक्का डोटीसहित सुदुरपश्चिमका धेरै जिल्लामा महसुस भएको थियो । भूकम्पमा केही घरमा क्षति गरेको छ । 

यसबारेमा थप विवरण भने आउँन बाँकी रहेको छ । गत कात्तिक २२ गते बिहान खप्तड केन्द्र बिन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा ६ जनाको मृत्युु भएको थियो ।
 

Comments