• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

उपसभामुखमा इन्दिरा राना मगर र मुक्ता यादवबीच प्रतिस्पर्धा हुने 

  • OVN
  • January 20, 2023
उपसभामुखमा इन्दिरा राना मगर र मुक्ता यादवबीच प्रतिस्पर्धा हुने 

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना मगर र नेपाली कांग्रेसबाट मुक्ता यादवबीचमा प्रतिस्पर्धा हुने भएको छ । 

स्वतन्त्र पार्टीका रानामगरको प्रस्तावकमा रास्वपाका सोविता गौतम रहनुभएको छ भने समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादीका नारायणी शर्मा र राप्रपाका राजेन्द्रप्रसाद लिङदेन रहेका छन् । 

सङ्घीय संसद भवनको ल्होत्से हलमा उम्मेदवारी दर्ता गराइएको हो । नेपाली काँग्रेसका मुक्ता यादवको प्रस्तावकमा काँग्रेसका बद्रीप्रसाद पाण्डे र समर्थकमा लोसपाका सर्वेन्द्रनाथ शुक्ला र नेकपा एसका मेटमणि चौधरी रहेका छन् ।  
 

Comments