• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मालाइ विश्वासको मत 

  • OVN
  • January 20, 2023
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मालाइ विश्वासको मत 

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाउनुभएको छ ।

प्रदेशसभाको आज भएको बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत माग्नुभएको थियो । उहाँलाई सत्तारूढ दलका २५ सांसदले विश्वासको मत दिएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिनुभएको हो ।

मुख्यमन्त्री शर्मालाई नेकपा माओवादी केन्द्रका १३ सांसद, एमालेका ९, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र एक – एकले मतदान गरि विश्वासको मत दिएका हुन् ।  बैठकमा विश्वासको मत माग्दै मुख्यमन्त्री शर्माले कर्णालीमा वार्षिक दस हजार व्यक्तिलाई रोजगारी सृजना गर्ने दोर्होयाउनुभयो । 

कर्णालीमा आर्थिक सुधार गर्न पहल गर्ने उहाँको भनाइ थियो । कर्णालीमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले काँग्रेसले केन्द्रमा विश्वासको मत दिए पनि प्रदेशमा नदिने बताउनुभयो । यस्तै एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णालीलाई समृद्ध बनाउन पार्टीभन्दा पनि मनबाट सहयोगी भावना हुनुपर्ने धारणा राख्नुभयो ।  

नेकपा माओवादी केन्द्रबाट प्रदेश सांसद विन्दमान बिष्टले कर्णालीको अवस्थालाई बोध गर्दै सबैले सामूहिक भावना एकीकृत गर्दै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।  माओवादी केन्द्रको संसदीय दलका नेता शर्मालाई प्रदेश प्रमुख तिलक परियारले पुस २७ गते मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । 
 

Comments