• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

रसुवागढी–केरुङ नाका माघ २० गतेसम्मका लागि बन्द 

  • OVN
  • January 20, 2023
रसुवागढी–केरुङ नाका माघ २० गतेसम्मका लागि बन्द 

रसुवा । रसुवागढी–केरुङ नाका माघ २० गतेसम्मका लागि बन्द भएको छ ।  

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले चीनले नयाँ वर्षका लागि भनेर आगामी फेब्रवरी ३ सम्म नाका बन्द गरेको जानकारी दिनुभयो । 
 
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार करिब एक महिना अवधिमा नेपालबाट ३९ कन्टेनर सामान चीन निर्यात भएको छ ।  नेपालबाट अहिलेसम्म करिब ६ करोड बराबरको ३९ कन्टेनर सामान चीनतर्फ गएको छ । 

चीनबाट भने दैनिक १४ कन्टेनर सामान नेपाल आउने गरेकोमा आजबाट त्यो पनि बन्द भएको उहाँले बताउनुभयो ।  रसुवागढी–केरुङ नाकाबाट हुने व्यापारमा पनि चीनले लामो समय रोक लगाएको थियो । 
 

Comments