पुनःनिर्माणका इञ्जिनियर काममा फर्कन सहमत
काठमाडौँ- राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) अन्तर्गतका प्राविधिक कार्यक्षेत्रमा फर्केर पुनःनिर्माणका काममा क्रियाशील हुन सहमत भएका छन् । प्राधिकरणमा आज भएको छलफलपछि इञ्जिनीयरले पाउने सञ्चार, यातायात तथा स्थानीय भत्ता उपलब्ध गराउने, प्राविधिकलाई आवश्यक पर्ने तालीमका साथै विभिन्न निकायमा व्यवस्थापन गर्न पहल गर्नेलगायतका विषयमा सहमति भएको हो।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थितिमा भएको छलफलपछि एकाइ (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंह र आन्दोलनरत प्राविधिकको तर्फबाट अविनाश अमरले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ । सहमतिपछि अमरले माग पूरा भएकामा खुशी व्यक्त गर्दै उहाँले सबै प्राविधिक काममा खटिने र असार मसान्तभित्र लाभग्राहीको मुहारमा खुशी ल्याउने प्रतिबद्धता व्यक्त... Read More
