निर्वाचन नै लोकतन्त्रको प्राण : उपप्रधानमन्त्री पौडेल
लुम्बिनी- उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन नै लोकतन्त्रको प्राण भएको बताउनुभएको छ। उहाँले संविधानको कार्यान्वयनका लागि पनि अब निर्वाचनको विकल्प नभएको बताउनुभएको हो।
उहाँले आज बुटवलमा कालिगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालयको उद्घाटनका क्रममा केही दलहरु निर्वाचनसँग डराएका बताउनुभयो । उहाँले निर्वाचन बाध्यकारी रुपमा आएकाले सबैलाई निर्वाचनका लागि तयार रहन आग्रहसमेत गर्नुभयो।
उहाँले सरकारले पूर्वाधार निर्माणका क्षेत्रमा, मानवीय संसाधनको विकासका दृष्टिले, जनताको जीवनस्तरमा आएको विकास र प्रगतिका क्षेत्रमा हरेक दृष्टिकोणले नेपालले विकासका नयाँ नयाँ मानक प्रस्तुत गर्दै अघि बढिरहेको बताउनुभयो।
अर्थमन्त्रीसमेत रहनुभएका उहाँले सरकारको विकास र समृद्धिको अभियानमा सम्पूर्ण राजनीतिक दल, आम जनताको समेत साथ र सहयोग... Read More
