• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

बजार अर्थतन्त्र

खेलकूद महासंघको टोली राहतसहित मनाङमा

काठमाडौँ-  नेकपा -एमाले_ निकट नेपाल खेलकूद महासंघले मनाङ जिल्लामा बाढी–पहिराबाट प्रभावितलाई आज खाद्यान्नलगायत सहयोग सामग्री  पठाएकोे छ। सामग्रीसहित महासंंघको केन्द्रीय टोली आज हेलिकोप्टरबाट त्यसतर्फ प्रस्थान गरेको छ।

एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री कर्ण थापा, महासंघका इन्चार्ज तथा पूर्वमन्त्री दावा लामा,  महासंघका अध्यक्ष रमेश पौडेल, वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत, मनाङका एमालेका नेता छिरिङ  लोप्साङ, ठण्डा गुरुङ, मदन गुरुङलगायतको टोली त्यसतर्फ गएको महासंघका उपाध्यक्ष प्रभातविक्रम कटवालले जानकारी दिनुभयो।
-रासस

Read More