• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

थप दुई हजार ४७४ मा कोभिड पुष्टि

  • OVN
  • June 24, 2021
थप दुई हजार ४७४ मा कोभिड पुष्टि

काठमाडौँ-  नेपालमा थप दुई हजार ४७४ मा कोभिड–१९ मा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार २३५ जनाको पिसिआर तथा चार हजार ९९७ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः एक हजार ५७७ र ८९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर २४ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ८ हजार ९१८ जना सङ्क्रमितको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५१८ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

नेपालमा सङ्क्रमितको निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको छ । नेपालमा हालसम्म ५ लाख ७० हजार ९५८ जना सङ्क्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Comments