• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

बजार अर्थतन्त्र

सडक र पुल नबन्दासम्म मेलम्ची खानेपानी आयोजनामा मर्मत गर्न नसकिने

काठमाडौँ-  मेलम्चीबाट हेलम्बुसम्मको सडक र पुल बाढीका कारण बगाउँदा मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको मर्मत गर्न नसकिने भएको छ । सो स्थानमा पहिले सडक सञ्चालन भएपछि नै उपकरण लगेर मर्मत गर्न सकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। 

आयोजनाका विभिन्न पूर्वाधारमा क्षति पुगेको अनुमान गरिए पनि त्यसको मर्मतका लागि उपकरण पु¥याउन नसकिने अवस्था  छ । ठाउँठाउँमा गरी आयोजना निर्माणस्थल प्रदेशमार्गमा पाँच÷छ किमी सडक क्षतिग्रस्त भएको अनुमान गरिएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय सरकार र स्थानीय सरकार मिलेर सडक चाँडो मर्मत गर्न आवश्यक छ।”

बाढीकै कारण त्यस क्षेत्रमा पाँच पुल बगाएको छ ।... Read More