• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

एक हजार ९२० जनामा कोरोना सङक्रमण 

  • OVN
  • June 27, 2021
एक हजार ९२० जनामा कोरोना सङक्रमण 

काठमाडौँ- पछिल्लो २४ घण्टामा  थप एक हजार ९२० जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा छ हजार जनामा पीसीआर परीक्षण गर्दा एक हजार ३५३ मा कोरोना सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी ती हजार ८३६ जनामा एन्टिजेन परीक्षण गर्दा ५६७ जनामा गरी जम्मा एक हजार ९२० जनामा सङ्क्रमण भएको हो ।
 
योसँगै नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जना कोरोना सङ्क्रमित भएका छन् । बितेको २४ घण्टामा उपत्यकामा ४२४ जना सङ्क्रमित थपिएका छन् । घण्टामा थप ३ हजार ७ जना निको भएका छन् । गत २४ घण्टामा कोरोना कारण ३४ जनाको मृत्यु भएको छ । 
-रासस

Comments