वनहर्टद्वारा बीस लाखको स्वास्थ्य सामग्री सहयोग
सिन्धुपाल्चोक- स्वास्थ्य क्षेत्रमा कार्यरत संस्था वनहर्ट वल्डवाइड संसथाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सिन्धुपाल्चोकलाई २० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। संस्थाले सिन्धुपाल्चोकका १२ वटै स्थानीय तह, चौतारा अस्पताल र स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकलाई गरी जम्मा २० लाख ५ हजार ५ सय ३० रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको हो।
सबै सामाग्री एकमुष्ट रुपमा चौतारास्थित वनहर्ट कार्यालयमा ल्याएको र सबै स्थानीय तहलाई वितरण गरिएको संस्थाका सिन्धुपाल्चोकस्थित कार्यक्रम अधिकृत नगेन्द्रजंग शाहीले जानकारी दिनुभयो । संस्थाले सबैभन्दा धेरै चौतारा अस्पताललाई सामाग्री हस्तान्तरण गरेको छ। चौतारा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर, अक्सीमिटर, मास्क, स्यानिटाईजर, गाउन, आईसोलेसन किटलगायत गरी २ लाख ८१ हजार परल... Read More
