‘कालीगण्डकी डाइभर्सन परियोजना’ कार्यान्वयन नगर्न माग
काठमाडौँ- राष्ट्रिय गुरुकुल शिक्षा परिषद्ले कालीगण्डकी नदीको वहाव परिवर्तन गर्ने परियोजना कार्यान्वयन नगर्न सरकारसँग माग गरेको छ । सरोकार निकायसँग छलफल नगरी परियोजना आउनु दुःखद भएको स्वामी केशवानन्द गिरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा परिषद्ले ऋषिमुनिका पालादेखि नै नदी किनारमा गुरुकुल सञ्चालन हुँदै आएको स्मरण गराएको छ।
“प्राचीन शिक्षा र सभ्यताको वहन गर्दै आर्षपरम्परालाई जीवन्त राख्दै आएको कालीगण्डकी नदीको मौलिक वहाव नै परिवर्तन गरी अन्यत्र लैजान खोज्नु दुःखद् हो , यसलाई सच्याइनुपर्छ ”–उहाँले भन्नुभयो।
सनातन धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको कालीगण्डकी नदी पानीमात्र नभएर वैदिक शिक्षा प्रणालीको आधार भएकाले प्राचीन सभ्यता र सांस्कृतिक मूल्यमाथि अतिक्रमण... Read More
