• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

बजार अर्थतन्त्र

गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै, स्वास्थ्यमा समस्या

डोटी- जिल्लामा पछिल्लो समय गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । जथाभावीरूपमा महिलाले गर्भपतन सेवा लिने गरेका कारण उनीहरुको स्वास्थ्यमा समेत समस्या देखिने गरेको पाइएको छ। 

जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को जेठ मसान्तसम्म जिल्लामा कम्तीमा पनि ९९४ महिलाले गर्भपतन गराएका छन् । गत आवमा जिल्लामा एक हजार ३१ महिलाले सुरक्षित गर्भपतन गराएका थिए । गर्भपतन सेवा कुनै घटना वा आकस्मिक अवस्थामा गराउने विषय भए पनि पछिल्लो समयमा जिल्लामा गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकसित हुन थालेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका सूचना अधिकारी महेश बोहराले बताउनुभयो।

उहाँले भन्नुभयो, “गर्भपतन सेवा जिल्लामा... Read More