• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

युरोकपको क्वाटरफाइनल समीकरण पूरा, शुक्रबारदेखि कसको कोसँग भिडन्त हुदैछ– हेर्नुहोस तालिका

  • OVN
  • June 30, 2021
युरोकपको क्वाटरफाइनल समीकरण पूरा, शुक्रबारदेखि कसको कोसँग भिडन्त हुदैछ– हेर्नुहोस तालिका

काठमाडौँ-  युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

राउण्ड अफ १६ अन्तर्गत मंगलबार राति स्वीडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने सबै टोलीको टुंगो लागेको हो ।

यस पटक बेल्जियम, इटाली, स्पेन, स्वीट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन्  ।

साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स जस्ता उपाधि दाबेदार मानिएका टिम प्रि-क्वाटरफाइनलबाटै बाहिरिएका छन् ।

अन्तिम आठको खेलहरु शुक्रबार शुरु हुनेछ ।

कसको कोसँग भिडन्त ?

शुक्रबार राति ९:४५ बजे – स्वीट्जरल्यान्डविरुद्ध स्पेन

शुक्रबार राति १२:४५ बजे – बेल्जियमविरुद्ध इटाली

शनिबार राति ९:४५ बजे – चेक रिपब्लिकविरुद्ध डेनमार्क

शनिबार राति १२:४५ बजे – युक्रेनविरुद्ध इंग्ल्यान्ड

Comments