काठमाडौं उपत्यकामा थपिए ५७२ कोरोना संक्रमित
काठमाडौं- बुधबार काठमाडौं उपत्यकामा ५७२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३३६, ललितपुरमा १८९ र भक्तपुरमा ४७ संक्रमित थपिएका हुन्।
काठमाडौं उपत्यकामा कुल ८ हजार ५ सय सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
हाल काठमाडौं जिल्लामा ४ हजार ९१६, ललितपुरमा २ हजार ७ र भक्तपुरमा १ हजार ५७७ सक्रिय संक्रमित छन्।
हालसम्म काठमाडौं जिल्लामा १ हजार ८७८, ललितपुरमा ५४२ र भक्तपुरमा ३६४ जनाको कोरोनाबाट मृत्यु भएको तथ्यांक छ।
पछिल्लो २४ घन्टामा देशभर २८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मुलुकभर ७१८७ वटा पिसिआर नमुना परीक्षणबाट १८८९ जनामा संक्रमण पुष्टि... Read More
