काठमाडौं- बुधबार काठमाडौं उपत्यकामा ५७२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३३६, ललितपुरमा १८९ र भक्तपुरमा ४७ संक्रमित थपिएका हुन्।
काठमाडौं उपत्यकामा कुल ८ हजार ५ सय सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
हाल काठमाडौं जिल्लामा ४ हजार ९१६, ललितपुरमा २ हजार ७ र भक्तपुरमा १ हजार ५७७ सक्रिय संक्रमित छन्।
हालसम्म काठमाडौं जिल्लामा १ हजार ८७८, ललितपुरमा ५४२ र भक्तपुरमा ३६४ जनाको कोरोनाबाट मृत्यु भएको तथ्यांक छ।
पछिल्लो २४ घन्टामा देशभर २८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मुलुकभर ७१८७ वटा पिसिआर नमुना परीक्षणबाट १८८९ जनामा संक्रमण पुष्टि भएको छ भने ४३८१ नमुना एन्टिजेन परीक्षण गर्दा १००३ जनामा पुष्टि भएको छ।