• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

११ हजार ७ सय ४८ मा कोरोना परीक्षण गर्दा २६३६ लाई संक्रमण

  • OVN
  • June 29, 2021
११ हजार ७ सय ४८ मा कोरोना परीक्षण गर्दा २६३६ लाई संक्रमण

काठमाडौँ- मंगलबार थप २६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

७ हजार २ सय ५९ जनामा पिसिआर परीक्षण गरिएकोमा १७२८ र  ४४८९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जनामा संक्रमण देखिएको हो।

त्यस्तै थप २० जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। 

यस्तै, पछिल्लो २४ घण्टामा ४३४८ जना निको भएका छन्। योसँगै कोरोनाबाट निको हुनेको संख्या ५ लाख ९२ हजार ५ सय ३५ पुगेको छ।

Comments