चुरे संरक्षणमा चुनौती बन्दै क्रसर उद्योग
धनुषा- मापदण्ड विपरित खुलेका क्रसर उद्योगका कारण चुरे क्षेत्रको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ।
वन, वनस्पतिलगायत जैविक विविधताका दृष्टिकोणले समृद्ध मानिने चुरे शृंखलाबाट बगिने नदीनालाको अत्यधिक दोहन तथा ढुंगा, गिट्टी, बालुवाको वैध/अवैध रूपमा उत्खनन तथा सङ्कलन गर्ने काम बढ्दै गएकाले चुरे क्षेत्रको संरक्षण चुनौतीपूर्ण बन्दै गएको हो।
समुन्द्री सतहदेखि ६१० मिटर उचाइबाट शुरु भएर १८७२ मिटर उचाइसम्म फैलिएको भू–क्षेत्रलाई चुरे क्षेत्र भनिन्छ । चुरे क्षेत्र जैविक र प्राकृतिक दृष्टिकोणबाट अति नै महत्वपूर्ण र उपयोगी क्षेत्र हो । हावापानी समशितोष्ण किसिमको भएकै कारण यहाँ विभिन्न प्रजातिको वन्यजन्तु पाइन्छन् । यहाँ साल, सिसौं, खयर, अमला, हर्रो, बर्रोजस्ता औषधिजन्य बहुउपयोगी... Read More
