• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

टरिगाउँ विमान स्थलका लागि तेल भण्डारण ट्यांकी तथा आवश्य उपकरण पुग्यो

  • OVN
  • June 26, 2021
टरिगाउँ विमान स्थलका लागि तेल भण्डारण ट्यांकी तथा आवश्य उपकरण पुग्यो

दाङ-  यहाँस्थित टरिगाउँ विमान स्थलका लागि तेल भण्डारण गर्न रिफिलिङ ट्यांकी तथा आवश्य उपकरण आइपुगेको छ  ।एकमहिना अगाडि भारतको मुम्बईबाट नेपालगञ्जस्थित  भन्सार कार्यालयमा ती सामग्री ल्याइ राखिएको थियो । विमानस्थल कार्यालयका प्रमुख कैलाश शर्माले रिफिलिङ ट््याङ्की तथा आवश्य उपकरण आज आइपुगेको जानकारी दिनुभयो । उहाँका अनुसार अब जहाजमा इन्धन भर्न बाउजर सहितका उपकरण ल्याउन आवश्यक छ। 

विमान स्थलमा इन्धन  डिपो नहुँदा यहाँ आउने जहाजलाई नेपालगञ्ज गएर तेल भर्नु पर्ने समस्या रहेको छ । त्ुालसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेयको विशेष पहलमा  लामोसमयदेखि अबरुद्ध भएको हवाई  सेवा सञ्चालन आएको छ ।  साथै विमान स्थलमा यात्रुको सुविधाकालागि नयाँ टर्मिनल भवन लगाएतका संरचनाहरु निर्माण सम्पन्न पनि भएका छन् । सो विमान स्थलबाट हाल नेपाल बायुसेवा निगमल दैनिक दुई उडान भर्दै  आएको छ । हाल कोरोना भाइसर रोकथाम तथा नियन्त्रणकलागि जारी गरिएको निषेधाज्ञाका कारण हवाई सेवा रोकिएको छ । सरकारले यही असार १७ गतेदेखि जनस्वास्थ्यका आवश्यक मापदण्ड कायम गर्दै आन्तरिक उडान सञ्चालनमा ल्याउने जनाएको छ। 
-रासस

Comments