राहदानी, लाइसेन्स वितरणमा देखिएका समस्या समाधानमा केन्द्रीत हुने सरकारको निर्णय
काठमाडौं । सरकारले राहदानी, लाइसेन्स वितरणमा देखिएका समस्या सहित जनताका अन्य समस्या समाधानमा केन्द्रीत हुने निर्णय गरेको छ ।
हिजो साँझ बसेको मन्त्रीपरिषद् बैठकले खासगरि राहदानी र लाइसेन्सका लागि नागरिकले निक्कै सास्ती खेप्नु परिरहेकाले यसको समाधानका लागि प्रभावकारी ढङ्गले जनतालाई सेवा दिने निर्णय गरेको हो ।
यस्तै बैठकले संसदको अधिवेशन पनि आह्वान गर्ने निर्णय गरेको छ । बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकले सास्ती नपाउन् भनेर सुशासनमा केन्द्रित भएको जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्र सुधार गर्ने र सुशासन कायम गर्नेमा जोड दिइने समेत बताउनुभयो ।
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातयात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रणमा आफ्नो जोड... Read More
