जनकपुरधाम । मधेश प्रदेशका नवनिर्वाचित सांसदहरूलाई पुस १५ गते शपथ खुवाईने भएको छ ।
आज प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकले पुस १५ गते संसदको पहिलो बैठक बस्ने सहमती गरेको हो । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार पुस १५ गते दिउँसो २ बजेका लागि शपथग्रहणको समय राखिएको छ ।
सचिव यादवका अनुसार प्रदेशसभाको ज्येष्ठ सदस्य नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित सांसद गोवीन्द बहादुर न्यौपानेले शपथ ग्रहण गराउनुहुने छ ।
नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यले गराउने कानुनी व्यवस्था छ । मधेश प्रदेशसभामा प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी १०७ प्रदेश सांसद छन् ।